रामेछाप नगरपालिका देउरालीमा भलिबल प्रतियोगिता हुँदै

रामेछाप नगरपालिका देउरालीमा भलिबल प्रतियोगिता हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीमा भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा सितलादेवी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवर पारेर विद्यालय प्राङ्गणमा दुई चरणको भलिबल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष नीर कुमार श्रेष्ठले जानaकारी जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन २० गतेदेखि २४ गतेसम्म सितला देवी माविको प्राङ्गणमा हुने छ । दुई चरणको प्रतियोगितामा पहिलो प्रतियोगिता टोलस्तरीय हुनेछ । टोलस्तरीय २० र २१ गते हुनेछ भने खुल्ला प्रतियोगिता २२ देखि २४ गतेसम्म हुनेछ । विद्यालयको वार्षिक उत्सवको अवरमा प्रतियोगिताको आयोजना गरिएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः दश हजार, सात हजार, पाँच हजार र तीन हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाप्त गर्नेछन । त्यस्तै, खुलातर्फको प्रतियोगितामा पहिलो हुनेले ७५ हजार,दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २५ हजार र सान्त्वना हुनेले दश हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार