रामेछापको मन्थली मच्छेडाँडीमा बस दुर्घटना १० जना घाइते

रामेछापको मन्थली मच्छेडाँडीमा बस दुर्घटना १० जना घाइते

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मच्छेडाँडीमा आज विहानै बस दुर्घटना भएको छ । सेतीदेवि मावी सालुको विद्यार्थी बोकेको बा ५ ख २८५७ नम्बरको बस मच्छेडाँडीमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको छ ।  घाइते सबैको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मन्थलीमा संचालन हुन लागेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिताको लागी खेलाडी सहित विद्यार्थी लिएर आएको बस दुर्घटना भएको हो । बस तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रमा लिएर दुर्घटनाको थप अनुसन्धन भइरहेको प्रहरीको भनाई छ । बसमा ५३ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार