मन्थली नगरपालिकाले १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

मन्थली नगरपालिकाले १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्दै

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ । नगरपालिकाका १४ वटै वडाहरुबाट कक्षामा सहभागी हुनको लागी ईच्छुक व्यक्तिले नगरपालिकामा सम्पर्क गर्न सक्ने मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।

लोकसेवाको तयारी कक्षामा महिला,आदिवासी,जनजाती र दलित समुदायका नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने व्यक्तिहरुले सहभागीता जनाउन पाउने छन । नगरपालिकाका सबै वडाबाट निश्चित संख्यामा उम्मेदवारलाई सहभागी गराउनुपर्ने भएकाले नगरपालिकामा निवेदन पेश गर्ने उम्मेदवारहरु वीच प्रतिस्पर्धा गराई सहभागी छनोट गरिने सुचना अधिकारी बुढाथोकीले बताउनुभयो । यता रामेछाप नगरपालिकाले पनि लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार