वातावरण संरक्षण परियोजनाको सहकार्यमा हात्तीटारमा वृहत वृक्षरोपण

वर्षातको मौसम शुरुवात भएसँगै वृक्षरोपणको कार्यक्रमहरु व्यापक रुपमा अगाडि बढाइरहेको वातावरण संरक्षण परियोजना रामेछापले मन्थली नगरपालिका ६ हात्तीटारमा स्थानीय समुदायको सहभागितामा पुरुनीघारी सामुदायिक वनमा बृहत वृक्षरोपण कार्य सम्पन्न गरेको छ । वातावरण संरक्षण, सम्वद्र्धन र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रामेछाप र मन्थली नगरपालिकाका सामुदायिक वनक्षेत्रमा वातावरण संरक्षण परियोजनाले सहयोग गर्दै आएको परियोजनाका वातावरण संयोजक माधव […]

जबरजस्ती करणीको अभियोगमा रामेछापका एक जना पक्राउ

भक्तपुर प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ स्थायी घर भएका २२ वर्षका राजेश भन्ने सुरेश भण्डारी रहेका छन् । उनलाई करिब एक वर्षपछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार २०७६ असार १४ गते महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो । पीडितले बलात्कारीलाई खोजतलास गरी […]

रामेछाप जिल्लाका २० जना अझै बेपत्ता

रामेछाप जिल्लाका २० जना अझै बेपक्ता छन । महिला १५,बालक ४ र बालिका १ सहित २० जना अझै बेपक्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका […]

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

बन्दाबन्दी अर्थात् लकडाउनको समय सकिएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शिक्षा, […]

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक […]

बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुइ लाख र त्यसपछिलाई […]

खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन । दोलखाको जिरी नगरपालिका २ रजनटोल बस्ने बर्ष ६० का लाल बहादुर बस्नेतले आज ( बुधबार ) पुलबाट हामफालेको स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । स्थानियको खबर पाउन साथ इलाका प्रहरि कार्यलय जिरी बाट प्रहरि निरिक्षकको कमाण्डमा ५ […]

पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) रामेछापमा वृक्षारोपण गरेर मनाइएको छ । नेकपा रामेछापका नेता तथा कार्यकर्ताहरुले रामेछाप नगरपालिका वडा नं. ८ मा रहेको विटार पार्कमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएका हुन । विटार पार्क रामेछापका सहयोगी मन (रासम) समूहको सकृयतामा निर्माण भएको हो । हरेक वर्ष विशेष कार्यक्रम […]

आजदेखि बर्षा कम हुँदै जाने

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । अझै पनि ६० भन्दा बढी ठाउँमा पहिरोले बाटो रोकिएको छ । यस वर्ष […]