रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल

रामेछापमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल

रामेछाप सदरमुकाम मन्थलीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा छलफल भएको छ । आज एक कार्यक्रमको आयोजना गरि जिल्ला जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरकृया गरेको हो । सो अन्तरकृया कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निर्वाचन आचारसंहिता के हो ? निर्वाचन आचारसंहिता किन ? आचारसंहिता लागु हुने निकाय व्यक्तिहरु र सरोकारवाला सबैले पालन गर्नुपर्ने आचरणहरु लगायतमा बारेमा जिल्ला निर्वाचन अधिकृत शम्भु कुमार कटुवालले जानकारी गराउनुभएको थियो । अन्तरकृया कार्यक्रममा सहभागीहरुले आचारसंहिता कार्यान्वयका लागि आवश्यक सुझावहरु टिपाएका छन । सहभागीहरुले आचारसंहिता उलङ्घन गर्नेलाई हुने कारवाहीको बारेमा प्रष्ट रुपमा खुलाउनुपर्ने, निर्वाचनका लागि कम्तिमा दुई महिना प्रचार प्रसार गर्ने समय प्रदान गरिनुपर्ने, रानीतिक दलहरुले समय किनेर सञ्चारमाध्ययमबाट प्रसस्त मात्रामा प्रचार गर्न पाउनुपर्ने लगाएतका सुझाव दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले निर्वाचन आयोगले बनाएको आचारसंहितामाथि आएका सुझावहरुलाई सम्बिन्धत ठाउँमा पठाएर आवश्यक मरामर्र्श गरि कार्यान्वयमा सहजता ल्याउन भूमिका खेल्ने बताउनुभयो । अन्तरकृया कार्यक्रममा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार,नेकपा रामेछापका नेता प्रकाश कुमार काकी,नेपाली कांग्रेसका जिल्ला सचिव लेख बहादुर कार्की, जिल्लाका पत्रकार लगायतले सुझाव दिएका छन । जिल्ला निर्वाचन अधिकारी शम्भु कुमार कटुवालले निर्वाचन अचारसंहितामाथि आएका सुझावहरुलाई निर्वाचन आयोगमा पठाएर थप व्यस्थित बनाउन लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार