प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको कैद सजाय मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको कैद सजाय मिनाहा

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार रामेछापमा रहेका १३ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारका १३ जना कैदीबन्दीको सजाय मिनाहा गरेको कारागार कार्यालय रामेछापका सूचना अधिकारी भगवती कार्कीले जानकारी दिनुभयो । कैद सजाय मिनाहा हुनेहरुमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका १२ जना र असल चालचलन भएका १ जना वृद्ध रहेका छन । कर्तव्य ज्यान मुद्धाका चारजना, सवारी ज्यान मुद्धाका छ जना, लागु औषध मुद्धाका ६७ वर्षिय एक वृद्ध,ज्यान सम्बन्धि कसूरका एक जना र चोरी सम्बन्धि कुसूरका एक जनालाई जेलमुक्त गरिएको छ । जेल मुक्त भएका १३ जनालाई प्रजातन्त्र दिवसको दिन थुनामुक्त गर्ने मन्त्रिपरिषदको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि थुनामुक्त भएको सूचना अधिकारी कार्कीले बताउनुभयो । आज रामेछाप कारागार सहित देशभरका ६ सय कैदीबन्दीको कैद सजाय मिनाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार