रामेछाप लिखुतामाकोशी गाउँपालिकाका ४ जना युवक पक्राउ

रामेछाप लिखुतामाकोशी गाउँपालिकाका ४ जना युवक पक्राउ

रामेछापको लिखुतामाकोशी गाउँपालिकाका ४ जना युवक पक्राउ परेका छन । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या गरेको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताउनुभयो । प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले लिखुतामाकोशी गाउँपालिका–३, रामेछाप घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्तकुमार तामाङ र लाक्पा तामाङले आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ । श्रेष्ठले प्रतिकार गर्न खोजेपछि कुटपिट गर्दै बाग्मती नदी छेउमा लडाइदिएको पाइएको एसएसपी सिंहले बताउनुभयो । त्यसपछि पानीमा डुबेर उनको मृत्यु भएको एसएसपी सिंहको भनाई छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार