रामेछापमा कोरोनाका १२ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछापमा कोरोनाका १२ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा १२ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लाको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन ।

गोकुलगंगा गाउँपालिकामा ११ जना सकृय संक्रमितको आईसोलनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल रामेछापमा २ जना कोरोनाका संक्रमितहरुको आईसोलेसनमा उपचार भईरहेको छ ।

गोकुलगंगा घर भएका एक जना र रामेछाप नगरपालिका ८ का अर्का एक महिलाको आईसोलेसनमा उपचार भइहरको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । आईतबार गोकुलगंगा गाउँपालिकाको दुई वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियोे ।

जिल्लामा हालसम्म २३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २६ सय ८२ जनाको पिसिआर परीक्षण गरिएको छ । यि मध्ये २४ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न , भिडभाडमा नजान र अत्यावश्यक कामपरि घर बाहिर ननिस्कन चिकित्सकहरुले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार