रामेछापमा कोरोना संक्रमित बढ्दै,आजै थपिए १४ जना संक्रमित

रामेछापमा कोरोना संक्रमित बढ्दै,आजै थपिए १४ जना संक्रमित

रामेछाप जिल्लामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका १ जना महिला सहित ५ जना प्रहरी हिरासतमा रहेका पुरुष र तामाकोसी अस्पतालमा भर्ना भएका केही विरामीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लामा हालसम्म २५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २७ सय ६९ जनाको पिसिआर परीक्षण गरिएको छ । यि मध्ये २४ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै जिल्लाका ८७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । जिल्लामा २६ जना कोरोनाका सकृय संक्रमित रहेका छन ।

आज ४ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा आज ४ हजार ८९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबाट ४ हजार ७ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय २३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी सङ्क्रमितको संख्या ४ हजार ८९७ पुगेको छ । २४ घण्टामा ७ सय७३ जना निको भएका छन् ।

अस्ति सोमबार देखि आज सम्म सम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५ सय ८० मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । आज काठमाडौंमा १४ सय ६४, भक्तपुरमा २ सय ३२ र ललितपुरमा ३ सय ५१ गरी २०४७ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय सङ्क्रमितको संख्या ३० हजार २०९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार