रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द रहने छन । ” उहाँले नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न पनि अनुरोध गर्नुभयो । भिडभाडमा नजान र अत्यावश्यक कामपरि घर बाहिर ननिस्कन अध्यक्ष तामाङले अपिल गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार