श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक१५ हजार पु¥याइने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले हालसम्मको न्यूनतम पारिश्रमिकको पुनरावलोकन गर्दै मासिक १३ हजार ४ सय ५० बाट बढाएर १५ हजार पु¥याइने उल्लेख गर्नुभएको हो ।

दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने उहाँले बताउनुभएको छ । प्रतिघण्टा पारिश्रमिक ६९ रुपैयाँबाट ७७ हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रमा औपचारिक कि अनौपचारिक भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरिएको दावी गर्नुभएको छ ।

अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरिएको दावी गर्दै उहाँले वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिएकोबताउनुभएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता अनि दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको बताउँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको उल्लेख गर्नुभएको छ ।कोरोनाविरुद्धको खोप छिट्टै सम्पूर्ण नेपालीलाई उपलब्ध गराउनेमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गर्नेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको उल्लेख गर्नुहुँदै हालसम्ममा पहिलो डोज खोप लगाउनेको सङ्ख्या १९ लाख नाघिसकेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार