रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन

रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन भएको छ । रामेछाप नगर उद्योग वाणिज्य संघले आज बजारमा मास्क नलगाई हिँड्नेहरुलाई तपाईको मास्क खै भन्दै मास्क वितरण गरेको छ ।रामेछापको कारागार कार्यालयदेखी जिल्ला अस्पतालसम्म तपाईको मास्क खै ? लेखिएको ब्यानर सहित मास्क नलगाएकाहरुलाई मास्क वितरण गरिएको थियो ।

बजारमा रहेका होटल तथा विभिन्न पसलका सन्चालकहरुलाई मास्क लगाउन र आउने ग्राहकहरुलाई मास्क लगाएर मात्र प्रवेश गराउन अनुरोध समेत गरेको थियो । यो अभियान रामेछाप नगरपालिका,नगर उद्योग वाणिज्य संघ,औषधि व्यवसायि संघ रामेछापको सहकार्यमा रामेछाप नगरपालिकाको सबै वडामा सन्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार