रामेछाप हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । आज विहान करिब ३ ः ३० बजेको समयमा हिमगंगा कुसबसेरीका अन्दाजी १९ वर्षिय रविना मगरलाई सुतिरहेको अवस्था गुर्वे नामक सर्पले टोकेको बताइको छ । बाँया हातको माझि औँलामा सर्पले टोकेर विरामी भएकी मगरलाई उपचारको लागी साँघुटारमा रहेको मेडिकलमा लगिएको […]

रामेछापका १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको […]

रामेछापका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप दुई जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । रामेछापबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ६४ जनामध्ये २ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षिय महिला र मन्थली नगरपालिका ४ का ३४ वर्षिय पुरुषमा कोरोना […]

रामेछापका तिन सहित जुवाखालबाट नौ जना पक्राउ

भक्तपुको चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक […]

बसको ठक्करबाट रामेछापका प्रहरी हबल्दार थापाको मृत्यु

चितवनमा बसको ठक्करबाट रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ घर भएका अर्जुन कुमार थापाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्तीनगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार समेत रहेका थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जाने क्रममा सवार प्रदेश ३–०३–००१ प् ६३२५ नम्बरको स्कुटरलाई […]

रामेछापका ६४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म ५ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित २ जनाको […]

रामेछापको विहिबारे हाटमा भिडभाड खै त ? मास्क अनि समाजिक दुरी ?

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ मा हरेक हप्ताको विहिबार हाट लाग्ने गर्छ । कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनको बेला केहि हप्ता हाट नलागेपनि अहिले केहि हप्तादेखि निकै भिडभाडका साथ हाट लागिरहेको छ । सरकारले लकडाउन हटाएको घोषण गरेसँगै हाटमा किनमेल गर्ने र केहि व्यक्तिहरु घुमफिर गर्ने उद्धेश्यका साथ […]

कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना मनोनित

नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा रामेछापका ३ जना नेतालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार मनोनित गरेका ४ सय ७९ मध्ये १२ जना जेष्ठ राजनीतिज्ञ सभामा परेका हुन् । राजनीतिज्ञ सभामा जिल्लाका पुराना नेताहरू शिब बहादुर खड्का , मेघ बहादुर खत्री र डिक बहादुर तामाङ मनोनित भएका छन् । कांग्रेसको विधानको नियमावलीको […]

रामेछापको ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार (फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको डिपिआर तयार भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ र मन्थली नगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने ऐतिहासिक तिल्के थान गढिको रामेछाप नगरपालिकाले डिपिआर तयार गरेको हो । उक्त स्थानलाई पर्यटकिय एवम ऐतिहासिक स्थलको रुपमा विकास गर्ने उद्धेश्यका […]

रामेछाप मन्थलीमा तपाईको मास्क खै ? अभियान सुरु 

रामेछाप जिल्लाको सदरमु्काम मन्थलीमा तपाईको मास्क खै अभियान सुरु गरिएको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरीकहरुलाई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि […]