रामेछापमा लाग्दै आएको विहिबारे हाट स्थगित

नगरका शैक्षिक संस्था पनि बन्द

रामेछापमा लाग्दै आएको विहिबारे हाट स्थगित

नगरका शैक्षिक संस्था पनि बन्द

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको छ । नेपालमा कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा संक्रमण नफैलियोस भन्नको लागी रामेछाप नगरपालिकाले विहिबारे हाट स्थगित गरेको हो ।

वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको हाट पनि स्थगित भएको छ । नगरपालिकामा आज बसेको विपद व्यवस्थापन निर्देशन समितिको बैंककले यस्तो निर्णय गरेको हो । अर्को सुचना जारी नभसम्मको लागी हाट बन्द गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बं कार्कीले जानकारी दिनुभयो । कोरोना भाईरस न्युनिकरणका लागी अरु ठाउँबाट नगरपालिका क्षेत्र भित्र प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले क्वारेनटाईन र आईसोलेसन कक्ष पुन स्थापना गर्ने भएको छ । नगरका शैक्षिक संस्था अर्को सुचना जारी नभएसम्मका लागी बन्द गर्ने निर्णय भएको छ ।

साथै कोरोना भाईरस जोखिम न्यनिकरणका लागी अडियो सन्देश सुरक्षाकर्मीको सहयोगमा नगरभित्रका मुख्य बजार तथा बस्तीहरुमा माईकिङ गर्ने , स्थानिय सन्चारमाध्यमबाट सुचना प्रसारण गर्ने, तपाईको मास्क खै ? भन्ने अभियान सन्चालन गर्ने लगायतका महत्वर्ण निर्णयहरु गरेको नगरपालिकाले जनाएको छ ।

विवाह,ब्रतबन्ध,पुजाआजा,सेमिनार तथा बैठकहरुमा २५ जना भन्दा बढी भेला नहुन पनि नगरपालिकाले नागरीकहरुलाई आग्रह गरेको छ । नागरिकलाई सामाजिक दुरी, मास्क र स्यानिटाइजरको राम्रोसँग प्रयोग गर्न नगरपालिकाका प्रमुख नर ब. थापा मगरले आग्रह गर्नुभयो । भिडभाडमा नजान र अत्यावश्यक कामपरि घर बाहिर ननिस्कन नगर प्रमुख थापा मगरले अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार