आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ । २४ घण्टामा ३ सय ७८ जना डिस्चार्ज भएका छन् ।

यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ । सोही अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । सक्रिय सङ्क्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार