असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

बन्दाबन्दी अर्थात् लकडाउनको समय सकिएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने गरि तयारी गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शिक्षा, […]

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक […]

बाढीपहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने

सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले यसअघि दिइँदै आएको राहत तथा क्षतिपूर्ति सम्बन्धी प्रावधानमा वृद्धि गरेर प्रति मृतकका परिवारलाई एक लाखबाट बढाएर दुई लाख पु¥याएको हो । एकै घरका एकजना भन्दा बढी मानिसको मृत्यु भएमा सुरुको एकजनालाई दुइ लाख र त्यसपछिलाई […]

खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफाल्दा एक वृद्धको मृत्यु

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन । दोलखाको जिरी नगरपालिका २ रजनटोल बस्ने बर्ष ६० का लाल बहादुर बस्नेतले आज ( बुधबार ) पुलबाट हामफालेको स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । स्थानियको खबर पाउन साथ इलाका प्रहरि कार्यलय जिरी बाट प्रहरि निरिक्षकको कमाण्डमा ५ […]

पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) रामेछापमा वृक्षारोपण गरेर मनाइएको छ । नेकपा रामेछापका नेता तथा कार्यकर्ताहरुले रामेछाप नगरपालिका वडा नं. ८ मा रहेको विटार पार्कमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएका हुन । विटार पार्क रामेछापका सहयोगी मन (रासम) समूहको सकृयतामा निर्माण भएको हो । हरेक वर्ष विशेष कार्यक्रम […]

आजदेखि बर्षा कम हुँदै जाने

निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ । पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । अझै पनि ६० भन्दा बढी ठाउँमा पहिरोले बाटो रोकिएको छ । यस वर्ष […]

कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

कोरोना भाइरस अर्थात् कोभिड–१९ को सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जेष्ठ नागरिकको गएराती मृत्यु भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएका महोत्तरीका ६० बर्षका शशि भुषण झाको गएराति मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतकको शव […]

बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खुल्यो, जोखिम कायमै

सरकारले लगाएको लकडाउन अर्थात् बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना सङ्क्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै बेला सरकारले लकडाउन खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजोको निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय […]

नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट […]