प्रथम सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुँदै
रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका खेलाडीहरुहरुको रुचि तथा आवश्यकता अनुसार खेलाडीहरुको हौसला बढाउन प्रतियोगिताको आयोजन गरिएको वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता यहि फागुन २२ र २३ गते हुनेछ । रामेछाप नगरपालिका वडा नम्बर ८ टुडिखेलमा प्रतियोगिता सन्चालन हुने छ । […]