कुमारी बैंकद्वारा समाजसेवी प्रदिप घिमिरेलाई सहयोग

कुमारी बैंकद्वारा समाजसेवी प्रदिप घिमिरेलाई सहयोग

सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय चर्चाको शिखरमा छन् । उनी २०५९ सालदेखी नै विभिन्न समामाजिक कार्यमा समर्पित थिए । पछिल्लो समय भने जब कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल सरकारले २०७६ चैत्र ११ बाट लकडाउन सुरु गरेको थियो ।

लकडाउन शुरु भएको केही दिनदेखी गरीब दुःखीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएका घिमिरे ७६ चैत्र २९देखी काठमाडौ उपत्यकामा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि सम्बन्थित सरोकारवाला निकायहरुसंग छलफल गरी साँझको तातो खाना खुवाउदै आएका छन् ।

उनले भोकालाई खाना र चुलो निभेकाहरुलार्ई राहत वितरण कार्य गर्दै आइरहेका छन् ।
दिर्घ रोगी, सुत्केरी, मुटु रोगी, मृगौंला रोगी, वृद्ध, अपांग र दृष्टिविहीनहरुलाई नि सहयोग गरेका छन् । घिमिरेले मानब मात्र नभएर बाँदर, कुकुर, परेवा, मृग र गाइको पनि सेवा गर्दै आएका छन् । उनले घिमिरेले आजसम्म आइपुग्दा लाखौं व्यक्तिलाई भोजन सेवा गराएका छन् भने कयौंको उद्दार पनि गरेका छन् ।

घिमिरे यतिवेला गरीब र दिन दुःखीहरुको ढुकढुकी बनेका छन् । घिमिरेको सत्कर्ममा मनकारी व्यक्ति तथा केही संस्थाले पनि साथ दिँदै आएका छन् । सेवा नै धर्म हो भनेर अनवरत रुपमा अगाडी बढेका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय एकदम उचाइमा चुलिएका छन् ।

उनी दुःखी, गरीब र पिडीत मानिसहरुको आँखामा भगवान् बनेर बस्न सफल समेत भएका छन् । यतिबेला घिमिरेले गरेको कार्य देखेर काडमाडौंको विभिन्न स्थानमा बस्ने गरीब दुःखीहरुलाई भोजन सेवा गराउन कुमारी बैंकले ५० हजार रूपैयाँ सहयोग रकम घिमिरेलाई हस्तान्तरण गरेको छ ।

कुमारी बैंकले अनवरत रुपमा समाजिक सेवामा हात बढाउँदै आइरहेकोे छ । उक्त सहयोग रकम उपलब्ध गराएकोमा घिमिरे कुमारी बैंकलाई हार्दिक धन्यवाद साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्दछन् ।

घिमिरे भन्छन्– मैले गरेको पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्वदेश तथा विदेशदेखी साथ सहयोग, हौसला, प्रेरणा र आर्षिवाद प्रदान गर्नुहुने विभिन्न संघ, संस्था एवम् समस्त विद्वान् महानभावहरुप्रति शिर निहुराएर हार्दिक नमन गर्दछु ।

अन्तमाः भन्छन् –परोपकार पुण्यायः (सेवा नै धर्म हो) । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुख भागभवेत । (सबै सुखी हुन्, सबै रोग मुक्त रहुन, सबै मंगलमय घटनाका साक्षी बनुन र कोही पनि दुःखको भागी हुन नपरोस ।)

(सामाजीक सेवामा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नंं. ४ सालुका स्थानीय हुन् । सहयोग दिन वा लिन चाहनुहुनेहरुका लागी उनको सम्पर्क नं. ९८४१ १४ १४ ६८ रहेको छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार