आज तुलसी रोप्ने दिन, चार महिनासम्म विशेष पूजा सुरु हुँदै

आज तुलसी रोप्ने दिन, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाउनुभएको काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो । थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, प्रम शेरबहादुर देउवालाई बालुवाटारमा […]

एमाले सांसद भीम रावलले दिए पदबाट राजीनामा

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आज सांसद पदबाट राजीनामा दिनुभएको हो । आफुले आज संसद् सचिवालयमा राजीनामा बुझाएको उहाँले बताउनुभयो । एमाले भित्रको माधब नेपालसमूहमा सक्रिय हुँदै आउनुभएका रावलले संसद् बैठकअघि राजीनामाको घोषणा गर्नुभएको हो ।

प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई दिनुभएकोछ । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आज बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो । सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक […]

रामेछापमा ट्राफिक प्रहरीद्धारा डेढ करोड राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले लगभग डेढ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा सो रकम संकलन गरेको हो । ट्राफिक कार्यालयले १ वर्षको अवद्यिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको […]

रामेछापमा पनि असारे विकासको चटारो

आर्थिक वर्षको अन्त्यमा आएर रामेछाप सहित आधिकांश स्थानमा बजेट सिध्याउने असारे विकासको चटारो यसवर्ष पनि अत्याधिक देखिएको छ । देशको संरचना बदलिए पनि असारमा नै बजेट सक्न भ्याइनभ्याई गर्ने प्रवृत्तिमा कमी आएको देखिदैन । असार सुरु भएदेखिनै गोरेटो बाटो, नाली सफाइ, खानेपानी, सिँचाइ कुलो, पोखरी, मन्दिर निर्माण र मर्मतजस्ता काम टोलैपिच्छे चलिरहेका छन् । गत […]

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ । जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या […]