स्वास्थ्य चौकीलाई कांग्रेस राकाथुमद्धारा स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य चौकीलाई कांग्रेस राकाथुमद्धारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेस गाउ इकाइ कमिटी राकाथुले गाउमा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गाउ इकाइ र शुभेच्छुक संस्थाहरुको संयुक्त अगुवाइमा स्वास्थ्य चौकी राकाथुमलाई विरामी राख्ने बेड, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको हो ।
गाउ इकाइले विरामी सुताउने बेड ३ वटा, ६० लिटरको अक्सिजन सहितको सिलिन्डर ३ वटा, अक्सिजन मास्क १० वटा र अक्सिजन सिलिन्डर खोल्ने लगायतका अन्य सामग्रीहरु स्वास्थ्य चौकी राकाथुमका इन्चार्ज पुरण शाहलाई एक कार्यक्रमका बीच मंगलबार हस्ताण्तरण गरेको हो । पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढी रहेका बेला वडाबासीहरुलाई पनि उपचार गर्न केही सहज होस भन्ने उदेश्यका साथ सामग्री सहयोग गरेको नेपाली कांग्रेस गाउ इकाइका समितिका सभापति एक बहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार