कोरोना सङ्क्रमण दर कम गर्न निषेधाज्ञामा आजबाट कडाइ गरिँदै
नोबेल कोरोना भाइरसको सङ्क्रमण दर तीव्र हुँदै गएपछि सरकारले निषेधाज्ञा कार्यान्वयनमा आजबाट थप कडाइ गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को हिजोको बैठकको निर्णय अनुसार आजबाट जाँच तथा कारबाहीलाई बिहानैदेखि सुरु गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी बसन्तबहादुर कुवँरले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा थप कडाइ गर्न जगेडामा […]