प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई

प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना भएकोमा सबै सांसदलाई बधाई दिनुभएकोछ । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आज बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो ।

सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु, सभामुख सापकोटाले भन्नुभयो ।

यस्तै प्रतिनिधिसभा पुनस्र्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गर्नुभएको छ ।प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएको उहाँले स्मरण समेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार