ट्राफिक प्रहरी रामेछापको सफलता यस वर्षको दशैँमा दुर्घटनामा कमी

रामेछाप जिल्लामा पछिल्लो समयमा सवारी चेक जाँचमा कर्डाई गरिएसँगै यस वर्ष दशैँमा सवारी दुर्घटनामा कमी आएको छ । यस वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले दशैँ तिहार लक्षित विशेष सुरक्षा चेक जाँच तथा अनुगनमा कडाई गरेको थियो । यस वर्ष दशैँ तिहारको समयमा जिल्लामा मानविय क्षति हुने गरी एउटा पनि दुर्घटना नभएको जिल्ला प्रहरी कार्यालय […]

गाउँमै बंगुर पालन गरेर स्वरोजगार बन्दै मगर

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै छ, सिम्ले गाउँ । झुरुम्म परेको मगर बस्ती त्यहि बस्तीमा छ, जिवन मगरको घर । गाउँमै केहि गरौँ भन्ने उत्साह र जोसजाँगर सहित जिवन मगरले बंगु्र पालन गर्नुभएको छ । उहाँको फर्ममा अहिले साना ठ्ुला गरी २५ वटा बंगुरहरु रहेका छन । विभिन्न जातका ति बंगुरहरुको हेरचाह र […]

दशैँको मनोवैज्ञानिक महत्त्व : चाडपर्वले मानसिक स्बास्थ्यमा सकारात्मक प्रभाव

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु […]

प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन प्रहरीको आग्रह

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह […]

बडादशैंको चौथो दिन आज पनि टीका र जमरा ग्रहण गर्नेक्रम जारी

बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ । दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ । घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ । सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ । ठूलाले सानालाई टीका […]

नेपालमा कोरोना संङ्क्रमितमा रेमडिसिभर र प्लाज्मा थेरापीबाट गरिएको उपचार प्रभावकारी

महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध १ सय ५४ वटा खोप विकास भइरहेको छ । यी मध्ये ४४ वटा खोप परीक्षणका लागि मानिसमा प्रयोग गरिएको छ । यसबाहेक इबोलाविरुद्ध प्रयोग हुने रेम्डिसिभर नामक खोप कोरोनाविरुद्धको उपचारमा पनि प्रभावकारी देखिएको छ । कोरोना सङ्क्रमणका सुरुका दिनमा नेपालमा १ लाख रुपैयाँसम्म रेमडिसिभरको खरिदबिक्री भयो तर […]

दसैँमा फजुल खर्च नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गर्नुभएको छ । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको उहाँको विचार छ । प्रधानमन्त्री ओलीले […]

सामाजिक तथा भौतिक दूरी कायम गरी दसैँ मनाउन राष्ट्रपतिको अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादसैँ २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको […]

बदादसैँको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र आशिर्वाद ग्रहण गरी मनाईँदै

बदादसैँको आज मुख्य दिन, विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको […]

चाडपर्व लागेसँगै रामेछापका बजारहरुमा भिडभाड, संक्रमण तीव्ररुपमा फैलिने खतरा

चाडपर्वलागेसँगै रामेछापका बजारहरुमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने जोखिम झनै बढ्ने देखिन्छ । चाडबाडको समयमा आवतजावत बढ्दा कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । रामेछापमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्रगतिमा फैलिएको छ […]