प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र

प्रदेश सरकारको बजेट खर्च दर आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र

प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा ६९ दशमलब १ प्रतिशत मात्र बजेट खर्च गरेका छन् । जसमा चालु तर्फ ६७ दशमलव ५ प्रतिशत खर्च भएको छ भने पुँजिगततर्फ ७० दशमलव ७ प्रतिशत खर्च भएको छ महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश १ सरकारले आफ्नो समग्र बजेटको ६४ दशमलब ७६ प्रतिशत र प्रदेश २ ले ६५ प्रतिशत खर्च गरेको छ । बाग्मती प्रदेश सरकारले भने ७० प्रतिशत खर्च गरेको बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालयका नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले चालु खर्च भन्दा पूँजीगत खर्च बढी गरेको गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता रमेश शर्माले बताउनुभयो ।

अन्य प्रदेशमा भन्दा लुम्बिनी प्रदेश सरकारको खर्चदर राम्रो देखिएको छ । लुम्बिनी सरकारले आफ्नो सम्पूर्ण बजेटको ८२.४१ प्रतिशत बजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले ६३ प्रतिशत खर्च गरेको छ भने सुदुरपश्चिम प्रदेश सरकारले ६७ दशमलव १७ प्रतिशत खर्च गरेको छ ।

अर्थविद् चन्द्रमणी अधिकारीले भने प्रदेश सरकारले बजेट खर्च बढाए पनि त्यो प्रयाप्त नभएको बताउनुभयो ।प्रदेश सरकारको बजेट खर्च बढाउदै गएपनि आर्थिक वर्षको अन्तिम महिनामा काम गर्ने र बजेट खर्च गर्ने प्रवृति भने फेरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार