आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावनाः मौसम पूर्वानुमान महाशाखा

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावनाः मौसम पूर्वानुमान महाशाखा

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान आगामी तिनदिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी÷धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ ।

आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी÷धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले बाढी–पहिरोलगायत विपत्तिबाट बच्न जोखिम क्षेत्रका बासिन्दाका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गर्दै सुरक्षित र सतर्क रहन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार