रामेछापमा पनि बढ्यो कोरोना संक्रमण,आज २५ जनामा कोरोना पुष्टि

रामेछापमा पनि बढ्यो कोरोना संक्रमण,आज २५ जनामा कोरोना पुष्टि

केही महिना रामेछापमा सुन्य रहेको कोरोना संक्रमण फेरी बढ्न थालेको छ । आज जिल्लामा एकैदिन २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार केहि महिनापछि आज जिल्लामा एकै दिन यति धेरै संक्रमित देखिएका हुन ।

८ वटा स्थानिय तह रहेको रामेछापमा अहिले ३८ जना सकृय संक्रमित रहेको प्रमुख खतिवडाले बताउनुभयो । उहाँले मास्क अनिवार्य लगाउन जिल्लावासीमा अनुरोध गर्नुभयो । जिल्लामा कोही खोप लगाउन छुटेको भए तुरुन्त स्वास्थ्य कार्यालयमा सम्पर्क राखी कोरोना बिरुद्धको खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।

अहिलेसम्म रामेछापका एक लाख १० हजार ७१७ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ६२ हजार ४६९ जनाले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाइसकेको खतिवडाले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार