अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाइँदै तर रामेछापमा खोप अभाव

अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाइँदै तर रामेछापमा खोप अभाव

सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रालगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो ।

पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले  बताउनुभयो । उहाँले कोरोनाको बुस्टर मात्रा पूर्ण मात्रा खोप लगाएको ६ महिना कटेकाहरूलाई पहिलो लिएको खोपकै थप एक मात्रा खोप लगाइने जानकारी दिनुभयो ।

बुस्टर मात्रा लगाउनका लागि सबै प्रदेश र स्वास्थ्य निर्देशनालयलाई परिपत्र गरिसकेको भन्दै उहाँले बुस्टर लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको कार्ड लिएर जान पनि आग्रह गर्नुभयो । सरकारले ६० वर्ष र सोभन्दा माथि उमेर समूहका नागकिलाई भने माघ १४ गतेबाट कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने पनि तयारी गरेको छ ।

यता रामेछापमा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार लगायतलाई खोप अभावका कारण बुस्टर डोज खोप अभियान सञ्चानल गर्न नसकिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार