चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ उपप्रमुख खड्का

चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले ९० प्रतिशत पुरा गरेको बताउनुभयो । दशौँ नगर सभालाई आज सम्बोधन गर्दै उहाँले नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो ।

शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै कारण आफुहरु सफल जनप्रनिनिधी भएको उहाँको भनाई छ । अब केहि महिना मात्रै आफुहरुको कार्यकाल रहेको भन्दै उहाँले यो बाँकी समयमा पनि जनप्रतिनिधी,कर्मचारी सबै मिलेर लाग्न सके धेरै काम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार