आज २४ औंँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज २४ औंँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ।दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने छ। कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीसमेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार