रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाईने

रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाइने भएको छ । रामेछाप जिल्लाका कलाकारहरुको साझा संस्था रामेछाप सांस्कृतिक कलाकार समाजलाई थप शसक्त बनाउदै आगामी दिनमा धेरै भन्दा धेरै कलाकारहरुलाई जोड्दै जाने निर्णय गरिएको हो । शनिबार रामेछाप सदरमुकाम मन्थलीमा पालिकास्तरीय अन्तरकृया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । जिल्लाको ८ वटै […]

रामेछाप चनखुमा ट्रक दुर्घटना

रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा आज दिउँसो ट्रक दुर्घटना भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको ट्रक दुर्घटना भएको हो । सरस्वती माध्यमिक विद्यालयको निर्माण सामाग्री लिएर चनखु जाँदै गरेको बा ४ ख ५७०० नं को ट्रक महादेवटारमा दर्घटना भएको हो । दुर्घटना परी ट्रकका चालक सामान्य घाईते […]

यात्रा स्मरण : मानवीयता हराएको छैन

(बास्तविक घटनामा आधारित) दिन थियो २०७७ साल मंसिर १३ गते शनिवार । म क्याम्पसको कामको शिलसिलामा काठमाडौँ जानु पर्ने भएकाले विहान ६ः३० बजेतिरै रामेछापबाट मोटरसाइकलमा निक्लिएँ । विहानको चिसोमा विस्तारै–विस्तारै वी.पि.राजमार्ग र आपसको रमणीय दृष्य हेर्दै अगाडि बढी रहेँ । अत्याधुनिक विकासको एउटा नमूना वी.पि. राजमार्ग कतै सिधा त कतै नागवेली आकारको,यसको दृष्यवलोकन गरेर नरमाउने […]

समाजसेवी भरत चौलागाँइद्धारा सि सि क्यामेरा, टिभी र विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण

नेपाली काँग्रेस रामेछापका नेता एवम अको विशेष सहयोगमा रामेछापको मन्थली नगरपालिका–४ गैराथोकमा रहेको शिद्धेश्वर माध्यमिक बिद्यालयका बिद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गर्नुका साथै सि सि क्यामरा र टिभी समेत उलब्ध गराउने घोषणा गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुक्र वहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब पार्टि सभापति एबं कार्यक्रमका प्रमुख अथिति रामचन्द्र खड्काले […]

रामेछापका १० हजार बढीले कोरोना विरुद्धको खोप लगाए

दोस्रो चरणको खोप अभियान अन्तर्गत हालसम्म रामेछाप जिल्लाका दश हजार चारसय भन्दा बढीले कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । गत फागुन २३ गतेदेखी सञ्चालन भएको दोस्रो चरणको खोप अभियान अन्र्तगत विहीबारसम्म जिल्लाका दश हजार ४३२ जनाले खोप लगाएका हुन् । गत फागुन २३ गते आइतबारदेखी २७ गते विहीबारसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत […]

एमालेको दुवै समूह एकअर्काको अघि नझुक्ने रणनीतिमा

सत्तारूढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूह अडान नछोड्ने तर पेलेरै जाने रणनीतिमा अघि बढ्ने भएको छ । अध्यक्ष ओलीले बालुवाटारमा संसदीय दलको बैठकबाट गुटगत भेलामा जाने सांसदलाई कारबाही गर्ने निचोड निकाल्दै गर्दा नेपाल–खनाल समूहले भने ओलीसामू आत्मसमर्पण नगर्ने बरु स्थानीयस्तरसम्मै सङ्गठन सुदृढ पार्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसमेत […]

नेपाल बिद्यार्थी संघ रामेछापको इकाई पुनर्गठन

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति रामेछापले जिल्लामा रहेका सबै क्याम्पस र माध्यामिक विद्यालयहरूमा रहेका नेविसंघ इकाईहरूको १ महिना भित्र पुनर्गठन गर्ने निर्णय गरेको छ । ने वि संघ रामेछापको मन्थलीमा बुधवार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी १ महिना भित्र जिल्लाका सबै क्याम्पस र माध्यामिक विद्यालयमा यस अघि गठन भएका नेविसंघका इकाइहरू पुनर्गठन गर्न पालिका […]

सुनापति गाउँपालिकामा दुई खानेपानी आयोजना हस्तान्तरण र उद्घाटन

रामेछापको सुनापति गाउँपालिका– ५ र ३ का २ वटा खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन गरिएको छ । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना र हिलेदेवीको कामाखोला खानेपानी आयोजना उद्घाटन तथा उपभोक्तालाई हस्तान्तरण गरिएको हो । खनियापानीको गोपीखोला–हातीछाँगा–छापटोल–सोल्सिङ्पानी खानेपानी आयोजना सम्पन्न गर्नका लागि कूल १ करोड १ लाख ३ हजार ६ सयको लागत लागेको थियो । सो योजनामा […]

सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा एक घर एक ट्याङ्की वितरण अभियान जारी छ । पानीको निकै समस्या रहेको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा यहाँका नागरीकहरुलाई पानी संकलन गर्न सहयोग पुर्याउने उद्धेश्यले केहि वर्ष अघिदेखी एक घर एक ट्याङ्की वितरण अभियान सन्चालन भईरहेको छ । आकाशे पानी संकलन गरी विभिन्न काममा प्रयोग गर्न […]

रामेछाप गोकुलगंगामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी कार्यालय उद्धघाटन गरिएको छ । गोकुलगंगा गाउँपालिकामा आजबाट पार्टी कार्यालय सन्चालनमा आएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारको अध्यक्षतामा गाउँपालिकाको केन्द्र रहेकै स्थान रस्नालु भिमसेनथानमा पार्टी कार्यालय सन्चालनमा आएको अनेरास्ववियुका केन्द्रिय सदस्य सागरहरी अधिकारीले […]