रामेछाप सेवा समाज कतारद्धारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रामेछाप सेवा समाज कतारद्धारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रामेछाप सेवा समाज कतारले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप सेवा समाज कतारका निवर्तमान उपाध्य यम ब सेन्चुरीको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले परदेशमा रहेका नेपालीहरुले आफुले कमाएको केही रकम संकलन गरेर जिल्लाको लागी महान काम गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । सहयोगी हातहरुको यस्तै सहयोगले कोरोनाको महामारीलाई नियन्त्रण गर्न सकिने उहाँको भनाई थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमु्ख शान्तिराम खतिवडाले रामेछाप सेवा समाज कतारले प्रदान गरेको स्वास्थ्य समाग्र्रीहरु कोरोनाको तेस्रो भेरियन्टविरुद्ध लड्नमा प्रयोग हुने बताउनुभयो । अहिलेको यो परिस्थितीमा आवश्यक पर्ने महत्वुपुर्ण सामाग्री यो संस्थाले प्रदान गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

रामेछाप सेवा समाज कतारले जिल्लाको ८ वटै स्थानिय तहहरुमा रहेको कोविड अस्पताललाई एक÷एक थान अक्सिजन कन्सनट्रेटर,आईसोलेसन वेड एक÷एक सेट र भरिएको सानो अक्सिजन सिलिन्डर एक÷एक थान प्रदान गरेको हो । उक्त सामाग्री स्वास्थ्य कार्यालयले सबै स्थानिय तहहरुको कोविड अस्पतालमा पुर्याइदिने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमु्ख शान्तिराम खतिवडाले बताउनुभयो ।

३ लाख बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । संस्थाका सचिव निर्मल नेवा खड्गीले सन्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवम प्रतिनिधी,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । रामेछाप सेवा समाज कतारले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरु कतारमा रहेका नेपाली कामदारहरुबाट संकलन गरिएको रकमबाट खरिद गरिएको हो । उक्त संस्थाले यसभन्दा अघि रामेछापका आगोलागी पिडित,मृगोला पिडित,बाढी पहिरो पिडित लगायतलाई परदेशमा सहयोग संकलन गरेर हस्तान्तरण गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार