नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ […]

सरकारको ६ महिनाः प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई […]

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु

नेपालमा हालसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २७ हजार ४ सय ९७नमूनामा कोरोना परीक्षण गरिएको थियो । जसमा २१ […]

रामेछापमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि

केहि दिन यता रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन । आज जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका ३५ जना संक्रमितसँगै अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । जिल्लामा सबैभन्दा धेरै संक्रमित […]

कोरोना संक्रमण बढिरहँदा रामेछापको विहिबारे हाटमा भिडभाड,रामेछाप नगरपालिका मौन

केहि दिन यता रामेछापमा दैनिक रुपमा ३० देखी ४० जनाको हाराहारीमा कोरोना संक्रमितहरु थपिने क्रम जारी छ । रामेछापमा आज मात्रै ३५ जना कोरोना सङ्क्रमित थपिएका छन । जिल्लामा अहिले १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले पनि २५ जनाभन्दा बढी भेला नहुन केहि दिन अघि सुचना प्रकाशन […]

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर […]

अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना […]

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै ५४ प्रतिशत पुग्यो

नेपालमा कोरोना सङ्क्रमणको दर एक सातामै बढेर ५४ प्रतिशत पुगेको छ । गत साता सङ्क्रमणदर १३ प्रतिशत रहेकोमा यो साता बढेर ५४ दशमलव ४ प्रतिशत पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा परीक्षण गर्दा ४० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि हुने थालेको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले कोरोना सङ्क्रमणको दर […]

कोरोनाका कारण राष्ट्रियसभाको चुनाब नरोकिने

बढ्दो कोरोना सङ्क्रमणका बीच पूर्व निर्धातिर राष्ट्रियसभाको निर्वाचन भने नरोकिने बताईएको छ । १२ माघमा हुने चुनावमा पर्याप्त स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाईने निर्वाचन आयोगका सह–प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । ७ वटै प्रदेश राजधानीमा निर्वाचन सम्पन्न हुनेछ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसद मतदाता हुने भएकाले चुनावमा सरकारले तोकेको २५ जना भन्दा बढि […]

पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द

पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरमा नित्य […]