एसईई परीक्षा नजिकिएसँगै विद्यार्थी कोठा खोज्ने चटारोमा

एसईई परीक्षा नजिकिएसँगै विद्यार्थी कोठा खोज्ने चटारोमा

माध्यमिक शिक्षा परीक्षा एसईई नजिकिएसँगै रामेछापमा विद्यार्थीलाई कोठा खोज्ने चटारो सुरु भएको छ । घर नजिकैका विद्यालयमा परीक्षा केन्द्र नतोकिँदा र परीक्षा केन्द्र टाढा हुँदा विद्यार्थीलाई परीक्षा अवधिभर डेरामा बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा परीक्षाको भन्दा पनि खान बस्नकै चिन्ता हुने विद्यार्थीहरूको भनाइ छ । श्री गौरीशङ्कर माविमा कक्षा १० मा अध्ययनरत सुस्मिता बस्नेतले चैत १७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईई आउन १० दिन बाँकी हुँदा कोठा खोज्नै समस्या भएको बताउनुभयो ।

यस्तो अवस्थामा विपन्न समुदायका विद्यार्थीलाई थप समस्या हुने गरेको छ । सहजस्थानमा परीक्षा केन्द्र नहुँदा दुर्गम तथा पहाडी जिल्लाका विद्यार्थीले विभिन्न समस्या खेप्दै आएका छन् । रामेछापमा यस वर्ष दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका छन ।

यो वर्ष जिल्लाभर रहेका ९६ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकाको २२ वटा माविबाट ८०६ र सबै भन्दा कम सुनापति गाउँपालिकाको १२ वटा माविबाट २७० जना र उमाकुण्ड गाउँपालिकाको ७ वटा माविबाट २७० जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

यसैगरी जिल्लाको रामेछाप नगरपालिकाबाट १३ वटा माविमा अध्ययनरत ४८८ जना, गोकुलगङ्गा गाउँपालिकाको ७ वटा माविमा अध्ययनरत ४०८ जना, लिखुतामाकोशी गाउँपालिकाको १२ वटा माविमा अध्ययनरत ४१६ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । त्यसैगरी जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको ९ वटा माविमा अध्ययनरत २९९ जना र खाँडादेवी गाउँपालिकाको १३ वटा माविमा अध्ययनरत ३५३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार