मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनुभएको हो ।

नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईले २ सय २३ मत पाउनुभयो ।

सचिवमा अनेरास्ववियुका उम्मेद्वार सुशिल थापा विजयी हुनुभएको छ । उहाँले संयुक्त गठबन्धनका उम्मेद्वार तेज बहादुर श्रेष्ठलाई १६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । कोषाध्यक्षमा दुबै प्यानलको उम्मेद्वारलाई बराबरी मत आएपछि दुबै जनालाई कोषाध्यक्ष मान्नेगरी दुबै जनालाई निर्वाचित भएको घोषणा गरिएको छ । कोषाध्यक्षमा निर्वाचित हुने कविता खरेल र विनिता श्रेष्ठले २५१/२५१ मत ल्याएका छन् ।

सदस्यमा सबै संयुक्त गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । विजयी हुने सदस्यमा क्रमशः अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी, विनोद कुमार माझी र विनिता माझी रहेका छन् । समानुपातिक तर्फ संयुक्त गठबन्धनले २ सय ७८ मत पाएको छ भने अनेरास्ववियुले २ सय ३४ मत पाएको छ । समानुपातिक प्रणालीबाट संयुक्त गठबन्धनले पाएको मत अनुसार गठबन्धनबाट ४ जना र अनेरास्ववियुबाट ३ जना सदस्य निर्वाचित हुने निर्वाचन मण्डलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार