रामेछाप सुकाजोरका किसानलाई परिचय पत्र वितरण

रामेछाप सुकाजोरका किसानलाई परिचय पत्र वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । परिचय पत्रकै आधारमा वडाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदान उपलब्ध गराइने वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो ।

वडा भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि परिचय पत्र वितरण गरिएको उहाँको भनाई छ । जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । कृषि पेशाको संरक्षण र कृषकहरुको जीवनस्तर प्रवद्र्धनका लागि किसान परिचय पत्र वितरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार