रामेछाप शैलुङ्गमा शनिबार अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै

रामेछाप शैलुङ्गमा शनिबार अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै

रामेछापको शैलुङ्गमा अन्तराष्ट्रिय अल्ट्रा म्याराथन हुने भएको छ । यहि चैत ४ गते शनिबार शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने जिल्ला खेलकुल समितिले जानकारी दिएको छ । ५५ किलोमिटर,२५ किलोमिटर र ५ किलोमिटरको म्याराथन दौड प्रतियोगिता हुने छ ।

जसअन्तरगत ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वरी–दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ । त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ भने ५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रलाई परिक्रमा गर्नुपर्ने छ ।

खेलमा ५५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ७५ हजार ,द्धितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार पुरस्कार रहेको छ । त्यस्तै २५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै ५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाइ १० हजार र तृतिय ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

जिल्ला खेलकुद बिकास समिति रामेछापको आयोजना तथा सुनापति गाउँपालिका ,दोरम्बा गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहकार्यमा सुनापति–शैलुङ्ग अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताले जिल्लाको स्थानिय पर्यटन,संस्कृति र परिदृश्य प्रबर्द्धन गर्ने उदेश्यले यो अल्ट्रा म्याराथन आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार