चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

यही चैत महिनाको १७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रामेछापबाट यो वर्ष ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् ।

यो वर्ष जिल्लाभर रहेका ९६ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराईले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकाको २२ वटा माविबाट ८०६ र सबै भन्दा कम सुनापति गाउँपालिकाको १२ वटा माविबाट २७० जना र उमाकुण्ड गाउँपालिकाको ७ वटा माविबाट २७० जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।

यसैगरी जिल्लाको रामेछाप नगरपालिकाबाट १३ वटा माविमा अध्ययनरत ४८८ जना, गोकुलगङ्गा गाउँपालिकाको ७ वटा माविमा अध्ययनरत ४०८ जना, लिखुतामाकोशी गाउँपालिकाको १२ वटा माविमा अध्ययनरत ४१६ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । त्यसैगरी जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको ९ वटा माविमा अध्ययनरत २९९ जना र खाँडादेवी गाउँपालिकाको १३ वटा माविमा अध्ययनरत ३५३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार