रामेछाप सहित ५७ जिल्लाका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदै

आजदेखि रामछोप सहित देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको छ । केही निजी विद्यालयले विद्यार्थीलाई खोप लगाउन अभिभावकको अनुमति चाहिने बताए पनि खोप सुरक्षित रहेकाले अनुमति […]

केन्द्रीय सम्मेलनको लागि प्रतिनिधि छनोट गर्दै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले केन्द्रीय सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । आउँदो ११ गतेदेखि हुने राष्ट्रिय सम्मेलनको लागि प्रदेश २ बाहेकका प्रदेशमा कमिटी गठन गरिसकेको माओवादी केन्द्रले जनाएको छ । त्यसको लागि गत शनिबार भौगोलिक,उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश कमिटी गरी ९ वटा प्रदेशको सम्मेलन सुरु गरेको थियो । तर प्रतिनिधि चयनमा कुरा नमिल्दा प्रदेश […]

निश्पक्ष रुपमा कलम चलाउन पत्रकारलाई उपप्रमुख खड्काको आग्रह

रामेछापको रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो । समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भन्दै उपप्रमुख खड्काले कसैको दाबब,प्रभाव र धम्कीमा नपरि सत्य […]

शारीरिक रुपमा पुर्ण अपांग श्रेष्ठलाई घरमै पुगेर नागरिकता प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको खानीडाँडाका वर्ष २३ कि रिना श्रेष्ठलाई रामेछाप प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । शारीरिक रुपमा पुर्ण अपांग रहेकी श्रेष्ठलाई रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी,रामेछापका प्रहरी प्रमुख नवराज ढुंगाना सहितको टोली उहाँको घरमै पुगेर नागरिकता प्रदान गरेको हो । वडा नं ५ का वडा अध्यक्ष […]

सिन्धुलीमा टाटा सुमोले ठक्कर दिँदा रामेछापका मोटरसाईकल चालक बर्देवाको मृत्यु

सिन्धुलीमा मोटसाइकललाई टाटा सुमोले ठक्कर दिदाँ रामेछापका एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेको समयमा विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका १ दुम्जामा रामेछापबाट काठमाडौँ जादै गरेको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालकको मुत्यृ भएको हो । काठमाडौँ तर्फ जादै गरेको बागमती ०२०३०प ८६५६ नम्बरको मोटसाइकललाई काठमाडौँबाट सिन्धुली […]

जिल्ला अस्पताल रामेछापको गुरुयोजना बनाईने,गुरुयोजना अनुसार अस्पतालको विकास गरिने

जिल्ला अस्पताल रामेछापलाई अब गुरुयोजना अनुसार विकास गरिने भएको छ । ५ वर्षे गुरुयोजना बनाएर अस्पतालको विकास गर्न लागिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । अस्पतालको गुरुयोजना नबन्दा बजेट,जनशक्ति व्यवस्थापन,विशेषज्ञ चिकित्सक सहितको उपचारमा समस्या भएको अध्यक्ष पाख्रिनले बताउनुभयो । गुरुयोजना अनुसार विकास गर्दा सेवा ब्यवस्थापनमा सहज हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.पवन शाक्यले […]

इसिडीका शिक्षकलाई बढेको तलब दिन पालिकालाई निर्देशन दिएको शिक्षामन्त्री पौडेलको भनाइ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षकलाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभएको छ । आज शिक्षक महासंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो । देशका कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्याङ्क सङ्कलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय […]

सुकाजोरका मिर्गौला पीडित मगरलाई नगद १ लाख १३ हजार सहयोग

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका मिर्गौला पीडित ढाल ब मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सुकाजोरका सन्जिव मगरको पहलमा कतारमा रहेका सुकाजोरकै उद्धव मगर र निर ब सिन्जाली मगरको सक्रियतामा त्यहाँ कार्यरत नेपाली कामदारहरुबाट उठाइएको सहयोग रकम आज पीडित मगरको परिवारलाई हस्तान्तरण गरिएको हो । नगद १ लाख १३ हजार रुपैयाँ […]

रामपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर चारघरेमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आप्mनो स्थापनाको २४ ओैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टेक ब श्रेष्ठको अध्यक्षतामा शनिबार एक कार्यक्रमकाविच २४ ओैँ वार्षिक साधारण सभा तथा ८ ओैँ अधिबेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रगती […]

३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाए

नेपालमा ३० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो ३ लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९१ लाख ६८ हजार ३ सय ५८ पुगेको छ । यो खोप लगाएकाको ३० दशमलव २ प्रतिशत हो […]