जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । कार्यक्रममा पिसाब, दिसा, रगत, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छातीको एक्स–रे, इसिजी र युयस्जी परीक्षण हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार