रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो ।

कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार