सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा सोलुका धावक सुमन कुलुङ प्रथम

सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा सोलुका धावक सुमन कुलुङ प्रथम

रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो ।

सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका थिए । प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गर्नुभयो । उहाँले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गर्नुभयो । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गर्नुभयो ।

यसैगरी २५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन भने मोहन देव जोशीले जित्नुभएको छ । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गर्नुभयो । उक्त म्याराथनमा देवराज महताराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गर्दै दोश्रो हुनुभयो । होमलाल श्रेष्ठले तृतीय स्थान हासिल गर्दै उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गर्नुभया ।

खेलमा ५५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ७५ हजार ,द्धितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै २५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाइ १० हजार र तृतियलाई ५ हजार पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार