रामेछापमा स्ववियु निर्वाचनमा कार्की र भट्टराईको टक्कर,कस्ले मार्ला बाजी ?

रामेछापमा स्ववियु निर्वाचनमा कार्की र भट्टराईको टक्कर,कस्ले मार्ला बाजी ?

यहि चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) विद्यार्थी संगठनले अभिनाश कार्कीलाई सभापतिमा उठाएको हो । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिनुभएको हो ।

संयुक्त गठबन्धन मार्फत को को उम्मेदवार ?

संयुक्त गठबन्धन मार्फत चुनावमा नेपाल बिद्यार्थी संघले अध्यक्षमा अभिनाश कार्की र कोषध्यक्षमा कविता खरेललाई उम्मेदवार बनाएको छ । कान्तिकारी बिद्यार्थी संगठनबाट तेज बहादुर श्रेष्ठलाई सचिबमा उम्मेदवार बनाएको हो । सदस्यहरुमा संयुक्त गठबन्धन मार्फत नेविसंघले मनीषा काफ्ले र युवराज बुढाथोकीलाई सदस्यको उम्मेदवार बनाएको छ । क्रान्तिकारी विद्यार्थी संघले विनीता माझी र अनोज भुजेललाई उम्मेदवार बनाएको छ । समाजवादी विद्यार्थी संगठनबाट भने विनोद बुढाथोकीलाई सदस्यको उम्मेदवार उठाएको छ ।

अनेरास्ववियुबाट को को उम्मेदवार ?

अनेरास्ववियुबाट स्ववियु सचिवमा सुशील थापा र कोषाध्यक्षमा विनीता श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । अनेरास्ववियुले स्ववियु सदस्य प्रत्यक्षतर्फ अनिल श्रेष्ठ, अनिषा घिमिरे, रविना श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरेलाई उम्मेदवार बनाएको छ । यहि चैत्र ५ गते स्ववियु निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार