नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १०हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । […]

सिन्धुलीमा पीसीआर प्रयोगशाला स्थापना, आजबाट जिल्लामै पीसीआर जाँच हुने

आजबाट सिन्धुलीमै कोरोना भाईरस(कोभिड १९) को पीसीआर परीक्षण हुनेभएको छ । बाग्मती प्रदेश सरकारको करिब एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ लागतमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै जिल्लामै पीसीआर जाँच हुने भएको हो । कमलामाई नगरपालिका –६ शिवनगरमा पीसीआर मेसिन जडान गरि प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । हिजो शनिबार बागमती […]

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख ९३ हजार ३२५ व्यक्ति उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर २४ हजार नौजना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ […]

रामेछापका थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप ३ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर ४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका १९ जनाको स्वाबमध्ये ३ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार कोरोना सङ्क्रमण हुनेमा मन्थली […]

रामेछापका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका १९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका १९ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ३४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय २८ जनाको रिपोर्ट […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै […]

रामेछापका १६२ जना सङ्क्रमितले जिते कोरोना, २५ जना आईसोलेसनमा

रामेछापका १६२ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १८७ जनामा कोरोना सङ्क्रमन भएकोमा १६२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २५ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । अहिले मन्थली नगरपालिकामा […]

बिमा दावी भुक्तानी बिमा कम्पनीहरुले दिन सुरु

केही महिना यता रोकिएको कोरोना बीमा दावी भुक्तानीबीमा कम्पनीहरूले दिन सुरु गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनपछि ७ दिनभित्रै दावी भुक्तानी दिने व्यवस्था गर्न ५ दिनअघि बीमा कम्पनीहरूलाई बीमा समितिले भनेको थियो । यो निर्देशनपछि कम्पनीहरूले दावी भुक्तानीको कामलाई पहिलो भन्दा तीव्रता दिएका छन् । २ महिना यता निजी ल्याबमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट […]