अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताउनुभयो ।

मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमासभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गर्नुभयो । कोरोना सङ्क्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दै गरेकाले थाहा पाइपाइ भीडभाडमा नजान उहाँले आग्रह गर्नुभयो । उहाँले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले सङ्क्रमण थप फैलिँदै गइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार