सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

यस्तै, सरकारले मुलुकमा बढ्दै गएको नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सहरी क्षेत्रमा वैशाख महिनाभरि भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो । अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार