नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामानोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएकोमा २३ दशम्लव २३ प्रतिशतलाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट १० हजार १ जनाको परीक्षण गर्दा २ हजार ३ सय ६५ र एन्टिजेन विधिबाट ४ सय ४७ जनाको परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यही अवधिमा २ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना निको भएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या २ लाख ९२ हजार एक सय ५२ पुगेको छ । कुल मृतकको सङ्ख्या ३ हजार एक सय १७ पुगेको छ । नेपालमा हाल १२ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार