स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन

स्वास्थ्य सेवा प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त उपकरण मात्रै प्रयोगमा ल्याउन निर्देशन

सरकारले स्वास्थ्य सेवाप्रदानगर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीअन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर भएका सामग्रीहरु मात्रै प्रयोगमा ल्याउन निर्देशन जारी गरेको छ । मन्त्रालयले यहि वैशाख ३ गते बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार युएसए एफडी, इयुसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएका गुणस्तरीय स्वास्थ्य सामग्रीप्रयोग गर्नु पर्नेछ ।

मन्त्रालयकाअनुसार स्वास्थ्य सेवाप्रवाहगर्दा स्वास्थ्य सेवाको गुणस्तर कायमगर्न प्रयोगशाला, प्रयोगशालामाप्रयोग हुने उपकरण र सामग्रीहरु साथै रेडियो इमेजिंग सेन्टरमाप्रयोग हुने उपकरण तथा रिएजेन्टहरु खरिद र प्रयोगतथाउपयोग गर्दा अन्तर्राष्ट्रिय मान्यताप्राप्त गुणस्तर भएका सामग्रीहरु प्रयोगमाल्याउनु पर्नेछ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले मन्त्रीस्तरीय निर्णय कार्यान्वयनगर्नकालागि स्वास्थ्य सेवाविभाग, औषधिव्यवस्थाविभाग, आयुर्वेद तथा वैकल्पिकचिकित्साविभागलगायत सबै अस्पतालहरुलाई अपिलगरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार