रामेछापका ३३ कोरोना संक्रमित मध्ये ३१ जना निको २ जनाको उपचार हुँदै

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित २ जनाको भने उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म एक हजार ६ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य […]

कोरोना महामारी नियन्त्रणमा पाँच महिनामा १३ अर्ब ३७ करोड खर्च

सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा गत पाँच महिनाको अवधिमा १३ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँले संघीय सरकारबाट ५ अर्ब ८४ करोड […]

अब लक्षण भएका कोरोना सङ्क्रमितलाई मात्रै उपचारका लागि अस्पताल भर्ना गरिने

सरकारले लक्षण भएका कोरोना भाइरस सङ्क्रमितलाई मात्रै कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालमा राख्ने निर्णय गरेको छ ।पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्रै अस्पतालमा भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय हिजो सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले […]

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापमा एक हजारभन्दा बढिको पीसीआर परीक्षण , १३३ जनाको रिपोट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हिजो कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका ७९ जना र आज स्वाब संकलन गरिएको उमाकुण्ड […]

रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ९ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १४ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज मात्रै कोरोना परीक्षणका लागी मन्थली नगरपालिकाका ७९ जनाको स्वाब संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेको संख्या १ सय ५ पुगेको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृत्युहुनेको संख्या १ सय ५ पुगेको हो । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षका पुरुषको निधन भएको अस्पतालले जनाएको छ । काठमाडौंस्थायी घर भएका उनको हिजो अपरान्हउपचारको क्रममा निधन […]

कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ […]

सिन्धुलीका सबै स्थनिय तहहरुमा बन्दाबन्दीको घोषणा

कोरोना भाइरसको सङक्रमण बढ्दै गएपछि सङक्रमणको जोखिम न्युनिकरण कम गर्नका लागि सिन्धुलीका नौ वटै स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । मानिसको आवागमनमा कडाई र सरकारी कामकाजका लागि दिने सिफारिस समेत स्थगित गरेको उनिहरुले जनाएका हुन् । जिल्लाका कमलामाई, दुधौली नगरपालिका र गोलन्जोर, फिक्कल, सुनकोसी, मरिण, हरिहरपुढी, हतिनपाटन र घ्याङलेख गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा […]