पहिलो चरणको खोपलगाएकालाई दोस्रो खोप दिइँदै

पहिलो चरणको खोपलगाएकालाई दोस्रो खोप दिइँदै

सरकारले आजदेखि नोबेल कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप लगाउँदैछ । यसअघि पहिलो चरणको कोभिसिल्ड खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाइने स्वास्थ्य सेवाविभागको खोप शाखाप्रमुख डा झलकशर्मा गौतमले बताउनुभयो । पहिलो चरणमा ४ लाख ३९ हजारले कोभिशिल्ड खोप लगाएका थिए ।

उनीहरूलाई मुलुकभरका ९ सय ५३ वटा खोप केन्द्रबाट दोस्रो मात्रा दिइने उहाँको भनाइ छ । ज्वरो आएकावाकुनै स्वास्थ्य समस्याभएकाव्यक्तिले भने खोप लगाउनमिल्दैन । खोप लगाएपछि पनि दुरी कायमगर्ने, मास्कलगाउने, साबुनपानीले हातधुनु बानीकायम राख्न स्वास्थ्यमन्त्रालयले अनुरोध गरेको छ । खोप लगाउनकालागि काठमाडौँ उपत्यकामामात्र १९ भन्दा धेरै केन्द्रहरू तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार