कोरोना बाहेकका बिरामीलाइ पनि राम्रो उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना बाहेकका बिरामीलाइ पनि राम्रो उपचार गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका बिरामीलाई आकस्मिक उपचार गरी वा अन्य अस्पतालमा व्यवस्था गरेर मात्र पठाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई कोभिडको सङ्क्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणलाई कठिनाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले अस्पताल आएका बिरामीलाई आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चिता समन्वय गरेर मात्र पठाउन निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार